पाख्रीबास मेयरकप फुटबल सुरु
धनकुटा । पाख्रीवास नगरपालिकाको आयोजनामा आजबाट धनकुटाको पाख्रीवास ७ जलदेवी खेलमैदानमा वडा स्तरिय मेयरकप फुटवल प्रतियोगिता शूरु भएको छ ।
नगर प्रमुख वृष वहादुर राईले एक कार्यक्रमको वीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको आज पहिलो दिन पाख्रीवास ३ र ४ वीच भएको उद्घाटन खेलमा ०–३ गोल अन्तरले वडा नं ४ ले ३ नं वडालाई हराएको छ ।
त्यस्तैगरी वडा नं २ र ७ वीच भएको दोश्रो खेलमा ०–१ गोल अन्तरले ७ नं वडालाई वडा नं २ ले हराएको प्रतियोगिता संयोजक तथा ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।
नकआउट चरणमा भईरहेको मेयरकप फुटवल प्रतियोगिताको विजयी प्रथम समूहले नगद १ लाख ५१ हजार र दोश्रो हुने समूहले नगद ७५ हजार ५ सय सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल खेल माघ १९ गते हुने प्रतियोगिता संयोजक राईले वताउनुभयो ।प्रतियोगितामा १० वटै वडाका खेलाडीहरुले सहभागीता जनाएका छन् ।


