प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

काठमाडौँ, १७ माघ (रासस) ः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।

प्रारम्भिक ब्याट्सम्यान सुशन भारी र अनिल मण्डल एपीएफका बलरको सामना गरिरहनुभएको छ । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरिरहनुभएको छ ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो । अहिलेसम्मको खेल प्रदर्शनका आधारमा आर्मीभन्दा एपीएफ बलियो टोली मानिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।