प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडाैं। ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ। वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो।

वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गरेका थिए।

नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा-यो। वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो। शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो।

चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे, क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा नगद, ट्रफी र पदक वितरण गरे। उनीहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद रु पाँच हजारसहित ट्रफी र पदक प्रदान गरेका थिए।

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पारेका थिए।

‘खेल क्षेत्रमा महिला सहभागिता आवश्यक’

सो अवसरमा सभापति आलेले खेलकूद क्षेत्रमा महिला सहभागिता बढाउन आग्रह गर्दै युवापुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपप्रमुख नकर्मीले अगामी दिनमा नगरपालिकाले खेलकूल विकास र प्रवद्र्धन गर्न निरन्तर सहयोग जारी राख्ने जानकारी दिए।

वडा नं १५ का वडाध्यक्ष रावतले कोरानाले आक्रान्त खेलक्षेत्रलाई चलायमान बनाउन यस्ता प्रतियोगिताले सहयोग पु-याएको बताए। क्लबका अध्यक्ष घिमिरले क्लबले नगर क्षेत्रमा विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिँदै खेलकूद प्रतियोगिताले युवाका मानसिक समस्यासमेत समाधान हुने बताए। उनले भने, “अगामी दिनमा खेल क्षेत्रमा राज्यको लगानी बढाउन जरुरी रहेको छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र समृद्धि हासिल हुन्छ।”

कोरोना कहरले आक्रान्त खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गरेको क्लबका उपाध्यक्ष साजन महर्जनले बताए। पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ।

शुक्रबार नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको शुभारम्भ गर्दै नगरपालिकाले अगामी दिनमा खेल क्षेत्रको विकासमा थप लगानी गर्ने जानकारी दिँदै युवापुस्ताले खेलकूदमार्फत नगर र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने बताए।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको बताएका थिए। प्रतियोगिताका संयोजक तथा क्लबका उपाध्यक्ष साजान महहर्जनले विभिन्न सङ्घसंस्थाको साथ र सहयोगबाट प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न भएको बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।