पाख्रीवास मेयरकप फुटवल प्रतियोगिताको फाइनलमा वडा नं ८ र ९,फाईनल खेल भोलि
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ जलदेवी खेल मैदानमा जारी वडा स्तरिय पाख्रीवास मेयरकप फुटवल प्रतियोगिताको फाइनलमा वडा नं ८ र ९ प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज भएको सेमिफाईनल खेलमा वडा नं २ सँग भिडेको वडा नं ८ ले ट्राईव्रेकरको समयमा १ को विरुद्ध २ गोल लगाउदै वडा नं ८ ले फाईनलमा स्थान सूरक्षित गरेको हो ।
त्यस्तैगरी वडा नं ६ सँग भीडेको वडा नं ९ ले ० को विरुद्ध ४ गोल लगाउदै फाईनलको यात्रा तय गरेको प्रतियोगिता संयोजक तथा ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो । आज खेलमा वडा नं ८ का गोल किपर आयुष राई र वडा नं ९ का जर्सी नं १४ का खेलाडी अरुण घिसिङ्ग म्यान अप दि म्याच घोषित भएका छन् ।
नकआउट चरणमा भईरहेको मेयरकप फुटवल प्रतियोगिताको विजयी प्रथम समूहले नगद १ लाख ५१ हजार र दोश्रो हुने समूहले नगद ७५ हजार ५ सय सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पाख्रीवास नगरपालिकाले जनाएको छ । फाईनल खेल भोलि मध्यान्न १२ वजेदेखी हुनेछ ।
यो पनि पढ्नुहोस्…
नेप्सेमा दोहोरो अङ्कको गिरावट, ९ अर्बको कारोबार
काठमाडौँ, १८ माघ (रासस) : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर रु आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४२.०३, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले ओरालो लागेको छ ।
कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४३ लाख ७६ हजार ४५२ बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स रु ३४ करोड ७९ लाख ९५ हजार ७५, प्रभु लाइफ इन्स्योरेन्स रु ३१ करोड ८२ लाख २६७, एनआइसि एशिया बैंक रु ३० करोड ८७ लाख २० हजार ७८, नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ६२ लाख ६५ हजार २१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २८ करोड ८३ लाख ३८ हजार ९७८, नेको इन्स्योरेन्स रु २३ करोड १३ लाख ९८ हजार ७३२, हिमालयन डिस्टिलरी रु २१ करोड ७३ लाख दुइृ हजार ८४९ र प्रभु बैंक रु २१ करोड ६६ लाख ५६ हजार २०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबार भएका कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ८.७३, सिभिल लघुवित्त ६.०२, नारायणी डेभलपमेन्ट बैंक ५.७८, कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ४.४९ कमाए । यस्तै, रिलायन्स फाइनान्स ८.३०, गुर्खाज फाइनान्स ७.८३, युनाइटेड इदी मदी हाइड्रोपावर ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ७.४१ प्रतिशतले गुमाए ।


