‘एन एक्जिबिशन फर पर्पोज’ : परिपक्व कलाको सङ्गम

काठमाडौंँ, २७ माघ । कोरोना कहरसँगैको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि प्रायः बन्द भएका बेला नेपाल कला परिषद्ले वातावरण सहज प्रयत्न गरेको छ । यही माघ १९ गते परिषद् आफैँले कला गतिविधि सहज गर्ने उद्देश्यले परिष्द कक्षमा ‘एन एक्जिबिसन फर पर्पोज’ शीर्षकमा २८ कलाकारलाई समाविष्ट गरी आयोजना गरेको प्रदर्शनीले कलाप्रेमी दर्शकलाई आकर्षण ग¥यो र तिनले कोरोना कहरलाई बिर्सने प्रयत्न गरे ।

“बन्दप्रायः कला गतिविधिलाई चलायमान बनाउने हाम्रो उद्देश्य हो, यसले कला क्षेत्रमा केही सहज वातावरणको सन्देश पनि दिएको छ”, परिषद्का सदस्य तथा कलाकार जीवन राजोपाध्यायले रासससँग कुरा गर्दै भन्नुभयो । प्रदर्शनीमा २८ कलाकारका मूर्तअमूर्त गरी ६० वटा चित्र राखिएका छन् । कलाजगत्मा आफ्ना समयमा योगदान दिएका कलाकारका मात्र चित्र प्रदर्शनीमा राखिएका छन् जो अहिले पनि सक्रिय नै छन् । “ यस प्रदर्शनीको उद्देश्य वरिष्ठ कलाकार सम्मान गर्ने पनि हो”, राजोपाध्यायले भन्नुभयो ।

प्रदर्शनीमा परिपक्व कलाकारका प्राकृतिक, सामाजिक, सांस्कृतिकलगायत विषय समेटिएका कलाकृति राखिएका छन् । कोरोनालाई बिर्सनका लागि पनि कलाकारहरुले कोरोनासम्बन्धी चित्र कम बनाएको जनाइएको छ । रत्नकाजी शाक्य, नरेश संैजुलगायत केही कलाकारले मात्र कोरोना सम्बन्धी चित्र प्रदर्शनीमा राख्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान(नाफा)का पूर्वकुलपति किरण मानन्धरका दुई चित्र ‘शक्ति १–२’ गरी दुई चित्र रु तीन लाखमा बिक्री भइसकेको र अन्य चित्र बिक्री हुने प्रक्रियामा छन् । शक्तिमा महिलाको निहित शक्ति भाव देखाइएको छ ।
परिषद्का सदस्य संैजुका अनुसार परिषद्ले गरेको कला प्रदर्शनी आफैँमा ऐतिहासिक रहेको र सफल भएको छ ।

प्रकृति, संस्कृति, जनजीवन, मानवीय मूल्य मान्यताका विविध आयाम समेटिएका कलाकृतिले नेपालको कला परिवेशको पछिल्लो अवस्था बुझ्न सकिने प्रदर्शनीमा सहभागी कलाकार तथा परिषद् सदस्य सैंजुले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोना कहरपछि भएको यो प्रदर्शनी आफैँमा पनि ऐतिहासिक छ । नेपाली कलालाई बाहिरी दुनियाँमा चिनाउन अग्रज कलाकारको भूमिका असाधारण रहेको छ । यति धेरै अग्रज कलाकारको यति धेरै सिर्जनालाई समावेश गर्न सक्नु नै हाम्रा लागि ठूलो कुरा भएको छ ।”

सोसाइटी अफ फाइन आर्टस् जर्नालिष्ट नेपाल(सोफाज नेपाल)का अध्यक्ष केशवराज खनालले नेपालमा विस्तारै कलाक्षेत्र प्रदर्शनीमार्फत गतिशील बन्न थालेको बताउँदै प्रदर्शनीमा अग्रज कलाकारका कलाकृति लामो समयपछि हेर्न पाएकामा सन्तोष व्यक्त गर्नुभयो ।

परिषद्का महासचिव शङ्करनाथ रिमालले लामो समयपछि कलालाई गति दिने लक्ष्य राखेर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा नेपाली कलाकारका विविध पक्ष र शैलीका कला राखिएको जनाउँदै यसको महत्व र प्रभाव लामो समयसम्म नेपाली कला जगत्मा पर्ने विचार व्यक्त गर्नुभयो ।

परिषद्का कर्मचारी लोकप्रसाद तिमिल्सिनाका अनुसार बुधबारसम्म चल्ने प्रदर्शनी अझ सात दिन थपिई आगामी फागुन ५ गतेसम्म चल्ने छ । प्रदर्शनीमा वंशी श्रेष्ठ, वत्सगोपाल वैद्य, बुद्धि गुरुङ, गौतम मानन्धर, गौतमरत्न तुलाधर, गोविन्द डङ्गोल, हरि खड्का, राजोपाध्याय, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, किरण मानन्धर, कृष्ण मानन्धर, मदन चित्रकार, मुकेश मल्ल, सैंजु, नवीन्द्रमान राजभण्डारी, प्रमिला गिरी, राधेश्याम मुल्मी, रमेश खनाल, रमेश श्रेष्ठ, रागिनी उपाध्याय, रतनकुमार राई, रिमाल, शङ्करराजसिंह सुवाल, शारदामान श्रेष्ठ, शशी शाह, शाक्य र चन्दा श्रेष्ठका कलाकृति राखिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।