८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगितामा आज ५ वटा खेल

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ लामेचौर खेल मैदानमा जारी ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगितामा आज ५ वटा खेलहरु भएका छन् ।

जसअनुसार साम्वुगाउँ फुटवल क्लव शहिदभूमी २ र सिद्धबाबा युवा समूह शहिदभूमी ७ वीच भएको पहिलो खेलमा ०-३ गोल अन्तरले सिद्धबाबा युवा समूह विजयी भएको छ । त्यस्तै राजेन्द्र स्मृती क्लव धनकुटा नगरपालिका ९ वेलाहारा र फाक्सिव फुटवल क्लव सागुरीगढी १ वीच भएको दोश्रो खेलमा ०-१ गोल अन्तरले फाक्सिव फुटवल क्लव विजयी भएको छ ।

माङहाङ युवा क्लव शहिदभूमी ७ र र्सिजनशिल युवा क्लव सागुरीगढी ८ वीच भएको तेश्रो खेलमा पनि ०-१ गोल अन्तरले नै र्सिजनशिल युवा क्लव विजयी भएको प्रतियोगिता आयोजक मितेरी युवाक्लवका अध्यक्ष दुर्गा वहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तैगरि सागुरीगढी ९ हर्दिया र शहिदभूमी ७ चिम्राहा वीच भएको चौथो खेलमा ०-१ गोल अन्तरले शहिदभूमी ७ चिम्राहा विजयी भएको छ ।

तम्मर फुटवल क्लव सागुरीगढी र सरस्वती युवा क्लव गोपालपुर शहिदभूमी १ वीच आजै भएको पाचौ खेलमा २-३ गोल अन्तरले सरस्वती युवा क्लव विजयी भएको छ । धनकुटा र सुनसरीका जम्मा २४ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजयी टिमले नगद ७५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाईनल माघ ३० गते हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।