कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल

कास्की, २७ माघ (रासस) ः पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ ।

गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगिता रोकिएकामा टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको भलिबल प्रतियोगिता नै कोरोनापछिको पहिलो प्रतियोगिता हो । लामो समयपछि खेलकुद शुरु भएकाले पनि उद्घाटनको पहिलो दिन रङ्गशालामा दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएर भलिबलको मजा लिए ।

प्रतियोगिताको आकर्षण बढाउन र खुशीयाली मनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियोे । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिनको खेलमा महिलातर्फ नेपाल पुुलिस क्लब र न्यू डाइमण्ड विजयी बने भने पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

नेपाल पुुलिस क्लबले सोझो सेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको हो । पुलिसले सशस्त्रलाई २६–२४,२५–२२,२५–११ अङ्कले पराजित गरेको डाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । यसैगरी न्यू डाइमण्डले २५–१३,२२–२५,१८–२५,२७–२५ र १५–१३ अङ्कसहित ३–२ को सेटमा त्रिभुवन आर्मीमाथि जीत हासिल गरेको छ । पुरुषतर्फका प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्बले सोझो सेटमा पराजित गर्न सफल भयो । पुलिस क्लबले २७–२५,२१–२५ र २५–२२ अङ्कले गण्डकीलाई पराजित गरेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, पदक, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

खेलकुद विकासको दिगो योजना बनाउँछौँ ः मुख्यमन्त्री गुरुङ

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यअनुसार सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै उहाँले प्राकृतिक र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण गरी खेलाडी उत्पादन गर्ने काममा प्रदेश सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पोखरा रङ्गशाला खेल पूर्वाधारले स्पोर्टस भिलेजका रुपमा अघि बढिरहेको छ । सुन्दर र साहसिक पर्यटनको केन्द्र गण्डकी प्रदेशमा खेलकुद विकासका लागि दिगो योजनासहित अघि बढ्दै छौँ ।”

प्रदेश सरकारले बजेट कार्यक्रममा उल्लेख गरेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्श्यीय रङ्गशाला बनाउनका लागि जमीन खोजी गरेपनि उपयुक्त जमीन नपाउँदा प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट १३औँ दक्षिण एशियाली खेलकुदका आठ खेल पोखरामा भव्यताका साथ सम्पन्न भएकाले आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकासमा राज्यको लगानी नभएको भन्दै आधारभूत खेल संरचना निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले नेपालको राष्ट्रिय भलिबल टोलीमा गण्डकी प्रदेशबाट प्रभाव रहे पनि पछिल्लो समय नयाँ खेलाडी उत्पादन हुन नसकेको तर्फ चिन्ता व्यक्त गर्दै प्रदेश र स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।