अलैँची उत्पादन बढ्दो ः बजार मूल्य घट्दो

दिलकुमार लिम्बू फुङलिङ, १२ फागुन । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताउनुभयो ।

शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताउनुभयो । आजभन्दा छ÷सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका–७ निवासी अलैँची कृषक विमना लिम्बूले बताउनुभयो ।

पछिल्लो केही वर्षयता सोचेजस्तो मूल्य नआएका कारण फाइदा लिन नसकेका किसानले यस वर्ष पनि उत्पादन वृद्धि भएको तर अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसान मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताउनुभयो । जिल्लामा अलैँची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताउनुभयो । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्टले बताउनुभएको छ ।

यता हालको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका–६ निवासी विर्ख लिम्बूले बताउनुभयो । सिरिजङ्घा गाउँपालिका–७ खेबाङका किसान ज्ञानु लिम्बूले अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताउनुभयो । शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।

केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका किसान बुद्ध दाहालले बताउनुभयो । शुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमीनसमेत मासेर अलैँची खेती शुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेकाले चिन्तित बनाएको दाहालले बताउनुभयो । उहाँका अनुसार अलैँचीले मूल्य पाउने आसै–आसमा किसानले केही वर्षयता समय बिताउनुपरेको छ ।

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलाग्राम) रु २४ हजार ५०० मा कारोवार अलैँची जोन ताप्लेजुङका अध्यक्ष तथा वरिष्ठ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारीले बताउनुभयो । विगत एक साताअघि देखि नै सोही मूल्यमा अलैँचीको कारोवार भइरहेको अधिकारीले जानकारी दिनुभयो । गोलसाई जातको अलैँची भने प्रतिमन रु २६ हजारमा कारोवार भइरहेको अधिकारीले बताउनुभयो ।

यस वर्ष हालसम्म अधिकतम प्रतिमन रु २८ हजार र न्यूनतम २० हजारमा अलैँचीको कारोबार भएको अधिकारीले बताउनुभयो । कुनै बेला रु एक लाख २० हजारसम्ममा समेत अलैँची कारोवार भएको स्मरण गर्नुहुँदै उहाँले हालको मूल्यले भने किसान र व्यवसायी दुवैलाई फाइदा नरहेको बताउनुभयो । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको मूल्य नआउँदा ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा आर्थिक चलखेलमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।