उखुको तोकिएको मूल्य पाउँदा किसान खुशी

चन्द्रौटा । कपिलवस्तुका किसानले सरकारले तोकेको उखुको मूल्य पाउन थालेका छन् । स्थानीय गुड उद्योगलाई तोकिएको मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता खेपेका किसानलाई लुम्बिनी चिनी मिलले भने तोकिएको मूल्य दिएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवामा लुम्बिनी चिनी मिल सुनवल खरिद केन्द्र स्थापना गरी किसानको उखु खरिद गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

विगत लामो समयदेखि उखु खेती गर्दै आएका किसानको उखुले मूल्य नपाउँदा निराश बनेका र जिल्लाका विभिन्न गुड उद्योग तथा क्रसरहरूले उखुको मूल्य चिनी उद्योगलाई मात्र तोकेको भन्दै प्रति क्विन्टल रु ३०० मा खरिद गरिरहेका थिए ।

“लुम्बिनी चिनी मिलले यहाँका किसानलाई नगद रकम दिएर उखु लैजाने गरेको छ”, अध्यक्ष चौधरीले भने “यस वर्ष किसान मर्कामा पर्ने छैनन्, मैले किसान र चिनी मिलसँग सहकार्य गरेर उखु बिक्रीको व्यवस्था गरेको छु ।” उखु उत्पादन गरेर बिक्रीको लागि गुड उद्योगमा किसान पुगेर खरिद गर्न आग्रह गर्नुपर्ने बाध्यता हटेको उखु किसान उदयराज कुर्मीले बताए ।

जिल्लाकै ठूलो महालक्ष्मी सुगर लिमिटेडले उधारोमा किसानसँग उखु खरिद गर्दै आएको थियो । स्थानीय मिललाई उखु उधारोमै बेच्दै आएका किसान मिल यहाँबाट सर्लाही सरेपछि निराश भएका थिए ।

यद्यपी नवलपरासीको लुम्बिनी चिनी मिलले नगद खरिदमा गरिदिँदा किसान उखु खेती गर्न हौसिएका छन् । सरकारले दिने अनुदान मिलले किसानलाई शुरुमै दिएको किसानले बताएका छन् । मिलले उखुको मूल्य प्रति क्विन्टल रु ४३५ र सरकारको अनुदान रु ६५ गरी कूल जम्मा रु ५०० मा खरिद गरिरहेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।