होलीमा रमाइलो

विराटनगर, नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज यहाँ युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्ष बढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गरिरहेको पाइयो ।

आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यसपर्वको अवसरमा सबैले तीता कुरा बिर्सेर आपसी सम्बन्ध बनाउन पर्वले हौसला दिने भएकोले यसमा कसैले पनि दुरासय, मनमुटाव राख्न हुने बुद्धिजीवीहरुको भनाइ छ । समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न र भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्न मद्दत गर्ने यस पर्वले सबैलाई सही र नयाँ काम गर्न प्रेरणा मिल्नुपर्ने आवश्यकता देखिएको छ ।

कर्मचारी मिलन केन्द्रद्वारा आज बिहान राखिएको होली मिलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यो पर्वले सबैलाई राम्रो काम गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभयो। केन्द्रका अध्यक्ष टङ्क गौतमले आजको रङ्ग र अवीरको पर्वले हामीसबैलाई सुख र शान्ति मिलोस् शुभकामना दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा आज यहाँ आयोजित होली मिलन कार्यक्रममा उपस्थित सबै सञ्चारकर्मीले एकआपसमा रङ दलेर रमाईलो गरेका छन् ।
पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी क्रियाशीलता बढाएको छ ।आज बिहानैदेखि विभिन्न मासु पसल र फलफूल र मिठाइ पसलमा सेवाग्राहीको उल्लेखनीय सहभागिता रहेको देखियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।