पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर, जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

“प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भन्नुभयो, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् ।

ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताउनुभयो । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन । उहाँका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ ।

ड्रागनखेतीका लागि रु ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ । “शुरुआतमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ”, प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भन्नुभयो, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३०० भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । स्वास्थ्यबद्र्धक मानिएको ड्रागनबाट धेरै फाइदा हुने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।