सुखौरामा शितभण्डार ः किसान उत्साहित

बलेवा,गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायासी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।

व्यावसायिक रुपमा आलुखेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको सास फेर्ने छन् । सुखौरामा कृषि उपज भण्डारणको लागि शित भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइँमा पर्ने गरेको छ शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रैमहिना बिक्रीका लागि तयार रहने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको रु १५ लाख लागतमा शितभण्डार निर्माण गरिएसँगै किसानमा आम्दानीको आशा पलाएको हो । ‘अब हामीले बेसिजनमा मूल्य पारेर आलु बेच्न सक्छौं’, स्थानीय किसान मोहन थापाले भन्नुभयो, “शीतभण्डारले किसानलाई साथ दिनेछ ।” आफुहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । शितभण्डार निर्माण भएसँगै आफूहरुले उत्पादन गरेको आलु समयमै बेच्न नसकेको खण्डमा कुहिएर जाने डर नरहेको बताउनुभयो ।

उहाँले शीतभण्डारका कारण उत्पादित आलुलाई बेसिजनमा बेचेर दुई गुणा बढी फाइदा गर्न सकिने बताउनुभयो । सुखौरा भित्रिवन आलु पकेट क्षेत्रमा शितभण्डार निर्माण भएको हो । यहाँका २२४ घरधुरीले फलाएको आलु शीतभण्डारमा राख्न सकिने छ । सुखौरामा हरेक परिवारले ६ देखि २२ मुरीसम्म आलु उत्पादन गर्ने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । आलुको बिक्रीबाट मात्रै रु १० देखि २० लाख गाउँ भित्रिने गरेको छ । शीतभण्डार प्रयोगमा आएपछि यो अङ्क दोब्बर हुने किसान बताउँछन् ।

आलु पकेट क्षेत्र घोषणा गरिएसँगै त्यहाँका किसानले गहुँ र जौँ लगाउने जग्गामा समेत आलु नै लगाउन थालेका छन् । सरकारले आलु उत्पादनको लागि अनुदान दिन थालेसँगै किसानले आलु उत्पादनलाई वृद्धि गरेका छन् । सुखौरामा फलेको आलु गुल्मीको शान्तिपुर, रुपन्देहीको बुटवल, जिल्लाका साना बजार र गाउँमासमेत बिक्री हुने गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।