राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ?

प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्, राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा हुनुहुन्छ ।

राष्ट्रपतिको बुझाइअनुसार, ‘भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उहाँको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उहाँ पनि सरकार अप्ठेरोमा छ भन्ने निश्कर्षमा पुग्नुभएको छ । उहाँले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार विरोधी) जुट्न गाह्रो छ भन्ने बुझ्नुभएको छ भने राप्रपाको पनि कमल थापा समूहप्रति सकारात्मक हुनुहुन्छ । तर, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन ।

उहाँले अनुमान गर्नुभएको छ– मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ । कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उहाँको बुझाई छ । र, भन्ने गर्नुहुन्छ, ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए ।’ र, प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको भन्ने कुरा उहाँलाई लागेकै छैन ।आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।