पुरानो प्रविधिलाई विस्तापित गर्दै नयाँ प्रविधिबाट सेवा सुरु

धनकुटा,२९ चैत । नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाले आज बाट कपर प्रविधीको टेलिफोन लाईन लाई विस्तापित गर्दै अप्टिकल फाइवर मार्फत सेवा दिन सुरु गरेको छ ।

टेलिकम दुरसंचार कार्यलय धनकुटाले आज एक कार्यक्रम गर्दै पुरानो प्रविधी लाई विस्तापन गर्दै नयाँ प्रविधीको सुरुवात गरेको हो ।

आज एक कार्यक्रमका विच धनकुटा नगरकार्यपालिकाका प्रमुख चिन्तन तामाङ्गले पुरानो प्रविधी लाई अफ गर्दै प्रमुख तामाङ्ग र नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले संयूतm रुपमा नयाँ प्रविधीको सूरुवात गर्नु भयो ।

कार्यक्रमा बोल्दै धनकुटा नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश श्रेष्ठले टेलिकमले प्रविधिको विस्तार संगै त्यसको गुणस्तरमा समेत ध्यान दिनु पर्ने बताउनु भयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले छोटो समयमै टेलिकमले गरेको विकास अन्य सरकारी निकाय लाई सिकाई बन्नु पर्ने बताउनु भयो । त्यस्तै प्रमुख अतिथी धनकुटा नगरकार्यपालिकाका प्रमुख चिन्तन तामाङ्गले विस्तारित सेवा बिश्वसनिय भए राष्टिय पुजीँ समेत देश बाट नबाहिरिने बताउनु भयो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय निर्देशक सूर्यनारायण मालाकारले प्रविधीको विकास संगै प्रविधीको प्रयोग लाई सबैले उपभोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाका प्रमुख ज्ञाननाथ सापकोटाले पुरानो प्रविधी लाई विस्तापन गर्दे नयाँ प्रविधी मार्फत सेवा दिन पाउँदा आफूहरु लाई खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाका कर्मचारी, नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका कर्मचारी ,जनप्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।