विद्यालय ब,न्द नगर्न सरकारलाई सुझाव

काठमाडौँ,कोरोना स,ङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।