राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

गलकोट, राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ ।

सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । कोरोनाका कारण केही ढिला गरी बागलुङमा परिचयपत्र दर्ताको काम शुरु भएको थियो । अहिले जिल्ला प्रशासनबाट मात्रै दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडाबाटै तथ्याङ्क सङ्कलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

“अहिले जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्रको दर्ता शाखाबाट काम शुरु भएको हो, सरकारले देशभर परिचालन गर्न थप ५९ कर्मचारी खटाएको छ, केही महिनामा वडास्तरबाटै काम शुरु हुनेछ”, गौतमले भन्नुभयो, “हालसम्म प्रशासनमा नागरिकता तथा राहदानी बनाउन आउनेले मात्रै परिचयपत्रका लागि आवेदन दर्ता गराएका छन् ।” धेरै विवरण सङ्कलन गर्नुपर्ने भएकाले प्रशासनबाट एक जनाको विवरण सङ्कलन गर्दा झण्डै ३० मिनेट समय लाग्ने प्रशासकीय अधिकृत गौतमको भनाइ छ ।

दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्ने भएकाले यसको प्रभावकारिता निकै राम्रो हुने सरोकारवाला बताउँछन् । राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।