चैते धानखेतीतर्फ कृषकको आकर्षण

उदयपुर,यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ ।

यसपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा बढी चैते धानखेती त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर, कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालपतालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताउनुभयो । कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धानखेती विस्तार भएको छ ।

यसैगरी उदयपुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ । खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार चार वर्षअघिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आकर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।