बोलेरो दु,र्घटना, चारको मृ,त्यु, १८ घा,इते
चरिकोट,दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दु,र्घटना हुँदा चार जनाको मृ,त्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दु,र्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।
मृ,त्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घा,इते भएका छन् । घाइतेहरुको काठमाडाँैको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


