स्वदेशी तरकारीको माग बढेपछि खेती विस्तार

झापा, १३ वैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो । भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा भाञ्जा कृषि फार्मका सञ्चालक अनिल पौडेलले बताउनुभयो ।

“स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सकियोस् भनेर यसपालि हामीले उत्पादनलाई तेब्बर पार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, सञ्चालक पौडेलले भन्नुभयो । उहाँका अनुसार भद्रपुर नगरपालिका–४ मा भद्रपुर गौशालाको स्वामित्वमा रहेको १६ बिघा जग्गा फार्मले सात वर्षका लागि लिजमा लिएर तरकारी फलाएको छ । भद्रपुर–१० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीमा सरकारी स्वामित्वमा रहेको २० बिघा जग्गासमेत यसपालि मामा भाञ्जा कृषि फार्मले लिजमा लिएर उत्पादन शुरु गरिसकेको छ ।

यसैगरी मेचीनगर–११ को १५ बिघा र अर्जुनधारा–८ को १५ बिघा गरी कूल ६६ बिघा जग्गामा मामा भाञ्जा कृषि फार्म विस्तारित भइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित यो सबैभन्दा ठूलो तरकारी उत्पादक कृषि फार्म हो । भारतबाट आयातित सागसब्जी विषादीको मात्रा नजाँची भित्रिने गरेको र त्यसबाट स्वास्थ्यमा समस्या आउने आशङ्का बढेका कारण जिल्लाका सर्वसाधारण स्वदेशी तरकारीको उपभोगप्रति आकर्षित बनेका छन् ।

फार्मले एक दर्जन जति साना गाडीमार्फत जिल्लाका सबै पालिकामा उपभोक्ताको टोलमै ताजा तरकारी बिक्रीका लागि पु¥याउने गरेको छ । फार्मले कृषिविज्ञ राखेर तरकारी खेतीमा मल, गोडमेल र किटनाशक औषधिको प्रयोग गर्दै आएको छ । यहाँबाट थोक तथा खुद्रा दुवै प्रकारले तरकारी बिक्री गर्दै आएको छ ।

यसै सिजनमा ३० हजार टन स्क्वास फर्सी फलाएर बजारमा बिक्री गरेको सञ्चालक पौडेलले बताउनुभयो । यही सिजनमा तीन सय ५०० केजी टमाटर र पाँच हजार केजी बोडी बिक्री भइसकेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै पौरख गर्ने सोचका साथ शुरु गरेको फार्मका सञ्चालक युवा उमेरका छन् । उहाँहरु कार्य विभाजन गरेर खेती स्याहार्ने र बिक्रीका लागि बजार खोज्ने काममा आफैँ खटिने गर्नुभएको छ । हालसम्म फार्मका लागि सरकारी अनुदान नलिएको पौडेलले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।