धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टी

धनकुटा,१८ बैशाख । धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टि हुने ४ जना नै धनकुटा नगरपालिका ६ का भएको जनाइएको छ ।

जिल्ला अस्पताल धनकुटामा गरिएको २० जनाको परिक्षण ४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।

सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

बैतडी, १८ वैशाख (रासस) : बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिए हो ।

प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो । बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौैँ”, उहाँले भन्नुभयोे, “कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना सङ्क्रमणका कारण प्रभावित भएको छ ।”

नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पु¥याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।