आखिसल्ला स्वास्थ्य चौकीमा १६ वेडको आईशोलसन कक्ष स्थापना
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाले दोश्रो चरणको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आखिसल्ला स्वास्थ्य चौकीमा १६ वेडको आईशोलसन कक्ष स्थापना गरिएको छ ।

तीन वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । यो कक्षमा कोरोना पोजेटिभ देखिएका स्वासप्रस्वासमा समस्या आएकाहरुलाई अक्सिजन दिएर आईसोलेशन वेडमा राख्ने र श्वासप्रश्वासमा समस्या नदेखिएकाहरुलाई होम आईशोलेसनमा राख्न प्रेरित गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।
नेपाल सरकारको नीति अनुसार कोभिड अस्पताल सञ्चालन गर्नका लागि पटक पटक विज्ञापन गरेपनि एमविविएस डाक्टर नआउदा जनशक्तिको अभाव रहेको उहाँले वताउनुभयो । अहिले एक जना स्टाफ नर्स र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोगमा उपचार गर्ने व्यवस्था मिलाईएको उहाँले वताउनुभयो ।
यो गाउाँपालिकाले संक्रमितहरुको सेवाका लागि एउटा एम्वुलेन्स तयारी अवस्थामा राखेको र अर्को थप गर्ने तयारी गरेको उहाको भनाई छ । गाउँपालिकाले कोभिड नियन्त्रणका लागि हेल्प डेक्स स्थापना, चेतनामुलक कार्यक्रम सञ्चालन र वैशाख ३१ गते सम्म सवारी साधन सञ्चालनमा रोक,गाउँपालिकाको पञ्चकञ्या र थलथले मा लाग्ने हटिया वन्द गरेको उहाँले वताउनुभयो ।
दैनिक उपभोग्य सामाग्रीका पसलहरु विहान ७ देखी ९ वजे र वेलुकी ४ देखी ७ वजे सम्म मात्र खोल्ने गाउँपालिकाले जनाएको छ ।


