कोभिडविरुद्धको अभियानमा सरकारका प्रयासमा सहयोग होस्ः प्रम

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गर्नुभएको छ । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्र्न सबैसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी रुपमा अघि बढाइरहेको छ ।”

यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर दुःखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ, हाम्रा गतिविधि, चिन्तन र प्रयास जे कुरामा केन्द्रित हुनुपथ्र्याे, त्यो हुन सकेन ।”

सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकाँै लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उहाँले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाउनुभयो ।

औषधि खरीदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँनयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको छ भन्नुभयो ।

अन्तरराष्ट्रिय समुदायमा नेपालको स्थान स्वर्णकाल देखाउनलायक अवस्थामा पु¥याइएको उहाँले बताउनुभयो । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संविधानको धारा १०० को उपधारा (१) अनुरुप प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।

मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गर्नुभयो । प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने छ ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।