धनकुटामा आज थप १५ जनामा संक्रमण पुष्टि
धनकुटा,२७ बैशाख । धनकुटामा गरिएको ३५ जनाको पिसिआर टेष्टमा १० पुरुष र ५ महिला गरि १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
धनकुटा अस्पतालको ल्यावमा गरिएको परिक्षणमा धनकुटा नगरपालिका १ का ४६ र ४५ बर्षिय पुरुष, धनकुटा नगरपालिका २ का ४५,८६,७८,७२ बर्षिया पुरुष, धनकुटा नगरपालिका ६ का १३,१४,४५ बर्षिया पुरुष छथरजोरपाटीका ६० बर्षिया पुरुष, त्यस्तै धनकुटा नगरपालिका ६ का १०, ३१, ३३, ४० बर्षिया महिला र धनकुटा नगरपालिका २ की ६२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।
यो संक्रमित संख्या वृद्धी दर ५० प्रतिशत नजिक रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । त्यसैले थप शर्तकता अपनाई स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गर्न सचेत गराईएको छ ।
अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने
काठमाडौँ, २७ वैशाख (रासस)ः अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमी०ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिनुभयो ।
यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो । “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ” सूचना भनिएको छ ।
आइतवार मात्र सिसिएमसीले सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।


