दुई जना नेता सहित आधा दर्जन अन्य कार्यकर्ता कोरोना संक्रमित
धनकुटा, ३० बैशाख । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका दुई जना नेता सहित आधा दर्जन अन्य कार्यकर्ताहरु कोरोना संक्रमित भई उपचार गरिरहेको आज नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती मार्फत जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा धनकुटा नगरपालिका वडा नं। ६ का निर्वाचित वडाध्यक्ष नरेश श्रेष्ठ र जिल्ला सदस्य तथा यूवा समाजसेवी व्यावसायी शान्ति खड्का लगायत आधा दर्जन धनकुटा कांग्रेसका नेता तथा कार्यकर्ताहरु कोरोना संक्रमित भै उपचार गराईरहनु भएकोले उहाहरु सवैको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
धनकुटा जिल्लामा कोरोना भाईरस तिव्र रुपमा फेलने क्रममा अहिल सम्म धनकुटा जिल्लाका दुई जना नेपाली कांग्रेस धनकुटा जिल्ला सदस्यहरु र ६ जना क्रियाशिल सदस्यहरु कोरोना संक्रमित भै उपचार गराईरहनु भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महामारीको रुपमा कोरोना भाईरस समुदाय स्तरमा व्यापक रुपमा फलदै गएकाले संयमति भई सुरक्षाका सवै विधि अवलम्बन गरी सुरक्षित साथ अतिआवाश्यक काम वोहक घरवाहिर ननिस्किई घरमानै वस्न समेत धनकुटा जिल्लावासीहरुलाई नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उक्त विज्ञप्ती मार्फत अनुरोध गर्नु भएको छ ।
दिन प्रतिदिन तिव्र गतिमा फैलदै गएको कोरोना भाईरस अव कसैको एक्लो प्रयासबाट मात्र नियन्त्रण गर्न सम्भव नभएकाले सवैले आ आफ्नो क्षेत्रबाट सक्रिय पूर्वक सामुहिक ढंगबाट योगदान दिई कोरोना भाईरस विरुद्धको युद्धमा सहयोग गर्न समेत नेपाली कांग्रेस धनकुटाले सो विज्ञप्ती मार्फत अपिल गरेको छ ।
धनकुटा जिल्लामा एक सातामा १ सय २ जना कोरोना संक्रमित भएको र २ जनाको मृ त्यु भैसकेको समेत नेपाली कांग्रेस धनकुटका सचिव राईले वताउनु भयो ।


