कोरोनाको दोस्रो लहर सुरु भए यता धनकुटामा १ सय ४ जनामा संक्रमण पुष्टि
धनकुटा,३१ बैशाख । दोस्रो लहर शुरु भए यता धनकुटा जिल्लामा कन्ट्र्याक्ट ट्रेसिङ्ग र जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको पिसिआर परिक्षणमा २४७ जना मध्ये धनकुटा नगरपालिकाका १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको धनकुटा नगरपालिका स्वास्थ्य प्रमुख भोजराज भण्डारीले बताउनु भएको छ ।
१०४ मध्ये ५ बर्ष उमेर सम्मका २ जना, ६ देखी २० बर्ष उमेर सम्मका ११ जना, २१ देखि ६० बर्ष उमेरका सम्मका ८० जना र ६१ देखि माथिका उमेर सम्मका ११ जना रहेको छ । जस मध्ये पुरुष ४६ र महिला ५८ रहेको छ । भण्डारीका अनुसार ७८ जना होम आइसोलेशनमा, ४ जना अस्पतालको आइसोलेशनमा, २ जना आई.सि.यूमा र २० जना निको भै सकेको बताउनु भएको छ ।
वडा अनुसार हेर्दा सबै भन्दा बढी वडा नं ६ मा ४१ जना रहेका छन् । यसै गरि क्रमश : वडा नं ७ मा १५ जना, वडा नं ४ मा १० जना, वडा नं २ मा ७ जना, वडा नं १ मा ५ जना, वडा नं ५ मा ४ जना, वडा नं ८ मा २ जना, वडा नं ३ र १० मा १,१ जना र अन्य १८ जना रहेका छन् । जम्मा २३८ जनामा पि.सि.आर.परिक्षण लिईएको थियो ।
यसै गरि दोस्रो लहर शुरु भए यता आज सम्म धनकुटा जिल्लामा ६५७ जनाको पिसिआर परिक्षण गर्दा २४७ जना कोरोनामा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सुचना प्रमुख राजन पोख्रोलले बताउनु भएको छ ।


