धनकुटामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा,३ जेठ । धनकुटामा आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल धनकुटाको ल्यावमा गरिएको परिक्षणमा ३० महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धनकुटाका अस्पतालका सुचना अधिकारी राजन पोख्ररेले जानकारी दिनु भयो ।
संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिका १ का ३३ बर्षिय पुरुष,धनकुटा नगरपालिका ५ का ४०,७६,५० बर्षिय पुरुष,धनकुटा नगरपालिका ४ का ४७ बर्षिय पुरुष,धनकुटा नगरपालिका ३ का ४२ र १८ बर्षिय पुरुष,धनकुटा नगरपालिका ६ का १४ बर्षिय पुरुष रहेका छन् ।
त्यसैगरि महालक्ष्मी नगरपालिका ७ का ३३,५६,६२,२५,५५,२६ बर्षिय पुरुष महालक्ष्मी ५ का २२ बर्षिया पुरुष, पाख्रिवास नगरपालिका १ का ३२ बर्षिय पुरुष, साँगुरीगढी गाउँपालिका ५ का ३९, ५०, ४८,३९ ५५, ५३, र ७० बर्षिय पुरुष, छथरजोरपाटी ४ का ४१ बर्षिय पुरुष चौबिसे गाउँपालिका २ का ४२, ४४, ७९र ३३ बर्षिय पुरुष ,इलामका ३९ बर्षिय पुरुषमा संक्रमण देखिएको सुचना अधिकारी पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै धनकुटा नगरपालिका १ का ३४ र ६० बर्षिया महिला,धनकुटा नगरपालिका ३ का ३२,२०,६३ र १० बर्षिया महिला, धनकुटा नगरपालिका ४ का ४५ र ४९ बर्षिया महिला,महालक्ष्मी नगरपालिका ७ का ७, २८ र ३६ बर्षिया महिला,पाख्रिवास नगरपालिका ३ का २५, ३७ र ८५ बर्षिय महिला रहेका छन् ।
त्यस्तै साँगुरीगढी ५ का २१, ५५, २९, ५२ र ६६ बर्षिय महिला त्यस्तै चौबिसे गाउँपालिका २ का ३५ ,३५, २४, ४०, ६५, ५४, ४९, ३८, ३१, २७ बर्षिय महिलामाा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आज धनकुटा अस्पतालको ल्यावमा १ सय २८ जनाको स्वाव परिक्षण गरेको जनाइएको छ ।


