धनकुटामा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुदै
धनकुटा,४ जेठ । धनकुटामा सोमबार एकै दिन १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल धनकुटाको ल्यावमा गरिएको परिक्षणमा ५१ महिला र ५३पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धनकुटाका अस्पतालका सुचना अधिकारी राजन पोख्ररेले जानकारी दिनु भयो ।
संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिका ४३ जना महालक्ष्मी नगरपालिकामा ११ जना , पाख्रिवास नगरपालिकामा ५ जना , साँगुरीगढी गाउँपालिका १३ जना , छथरजोरपाटी गाउँपालिकामा १६ जना चौबिसे गाउँपालिकामा १४ जना र शहिदभुमी गाउँपालिकाका १ जना र इलाम जिल्लाका १ जनामा मंलबार संक्रमण देखिएको सुचना अधिकारी राजन पोख्ररेले जानकारी दिनु भयो ।
सोमबार धनकुटा अस्पतालको ल्यावमा २ सय २२ जनाको स्वाव परिक्षण गरेको जनाइएको छ । धनकुटामा पछिल्लो समय कोरोना संक्रमण उच्च हुदै गएको छ ।


