पत्रकार कल्याणकारी कोषमा रु २८ हजार सङ्कलन

तनहुँ,नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रु २७ हजार ५६६ सहयोग जुटेको छ । शाखाको यही जेठ १ गते शनिबार भर्चुअचल माध्यमबाट सम्पन्न बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोगका लागि तदारुकता देखाएका हुन् ।

भानु नगरपालिका–९ पुर्कोट निवासी आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका श्रीराम पाण्डेले रु २० हजार व्यासनगरपालिका–४ निवासी एवं व्यासनगरपालिकाका नायब सुब्बा भाग्यशाली ढुङ्गानाबाट रु पाँच हजार ५५ र व्यासनगरपालिका–१ निवासी एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य प्रदीप न्यौपानेबाट रु दुई हजार ५११ सहयोग गरेका हुन् । नायब सुब्बा ढुङ्गानाले यसअघि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको संरक्षकत्वमा रहेको टीकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारको संस्थापकसमेत हुनुहुन्छ ।

आइसोलेशनमा बस्दाको खर्च गाउँपालिकाले बेहोर्ने

ऋषिङ गाउँपालिका तनहुँले निर्माण गरेको आइसोलेशनमा बस्दा सङ्क्रमित हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा बस्नुपर्ने ऋषिङवासीका लागि गाउँपालिकाले खर्च व्यहोर्ने भएको हो ।

गाउँपालिकामा हुने खर्चको हकमा मात्रै गाउँपालिकाले जिम्मा लिइने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा जटिल अवस्था आएर अन्यत्र लैजानु परेमा खर्च स्वयम्को हुने र गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएर सम्बन्धित अस्पतालसम्म लैजाने र घरसम्म पु¥याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नागरिकको समेत योगदान हुने गरी कोभिड राहत कोष स्थापना गर्ने भन्ने प्रस्ताव आए पनि नागरिकलाई आर्थिक भार नपरोस् भनी त्यसको सम्पूर्ण खर्चको प्रबन्ध गाउँपालिकाले मिलाउन लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोभिड जोखिम बढेको भन्दै ऋषिङ गाउँपालिकाले गाउँमा विवाह, भोजभतेर, मेलालगायत मानिसको भीडभाड हुने कार्य तत्काल रोक्न लगाइएको छ । सङ्क्रमणसँगै जोखिम समेत बढेकाले गाउँपालिकाको मुख्य प्रवेश नाकाहरूमा कडा निगरानी राखिएको गाउँपालिकले जनाएको छ ।

गाउँपालिकामा पिसिआर परीक्षण गर्नका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी जनचेतना फैलाउने, देश विदेशबाट आएका गाउँवासीलाई १५ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । आइसोलेशन तयारी अवस्थामा राखिए पनि हालसम्म बिरामी आएका छैनन् । उहाँले भन्नुभयो, “पाँच श्यया अक्सिजनसहितको आइसोलेशन निर्माण गरिसकिएको छ भने १५ श्ययाको निर्माणको तयारी भइरहेको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।