एक महिना भित्र छथरमा ५८ संक्रमित,२ को मृ त्यु

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकामा गएको १ महिना भित्रमा ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २ जनाको मृ त्यु भएको छ ।

बैसाख महिना र जेठ ४ गते सम्म १६६ जनामा गरिएको स्वाब परिक्षणमा सबै भन्दा धरै पालिकाको वडा नं.६ को सिंधुवा बजारमा २६ जना र वडा नं. ४ को काजिमाने बजारमा १५ जनामा संक्रमण देखिएको छ ।

पालिकाका स्वास्थ्य प्रमुख सुन्दरमान डंगोलका अनुसार सिंधुवामा ७० जना र काजीमानेमा ५९ जनाको स्वाब परिक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएका २८ महिला र ३० पुरुष रहेका छन् । संक्रमित मध्ये २ पुरुषको मृ त्यु भएको छ ।

जसमा १ जना नोबेल बिराटनगर,१ जना बि.एन.सि.अस्पताल बिर्ताएमोड,१ जना छथर कोभिड अस्पतालमा उपचारत छन् ।

होम आईसुलेसनमा ४६ जना रहेका छन् भने ७ जना संक्रमण भुक्त भएको स्वास्थ्य प्रमुख डंगोलले जानकारी दिनुभयो ।

संक्रमणको खतरा देखिए संगै आईसोलेसन वार्डको तयारी गरिरहेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।