उपनिर्वाचनमा आचारसंहिता पालना गर्ने दृढता

मकवानपुर ,यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्मती प्रदेश निर्वाचन आयोगद्वारा आज दलका तर्फबाट उम्मेदवार भएका, स्वतन्त्र उम्मेदवार एवं निर्वाचन कार्यालयका पदाधिकारी र सञ्चारकर्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै मतदातालाई कोरोना संक्रमित भएको भएको पाइएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ मतदान गर्न लगाउने पनि निर्णय गरेको प्रदेश निर्वाचन प्रमुख अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि तीन वटै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीसहित २४ जना कर्मचारी जनशक्ति खटिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ ।

उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी हुनुहन्छ । उहाँहरु हेटौँडा आइसक्नुभएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।