मन्त्रिपरिषद् विस्तार संगै मन्त्रीहरूको कार्यविभाजन
गण्डकी, गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएको थियो ।
तत्पश्चात् गरिएको कार्यविभाजन अनुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ ।
मन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ भने रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा खानेपानी, कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यो पनि पढ्नुहोस्
विराटनगर,नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको ह,त्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिनुभयो । अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।


