योजना आयोगको उपाध्यक्षमा पुनः डा कँडेल
काठमाडौँ,राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो।
पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गर्नुभएको छ । सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गर्नुभएको छ ।
यो पनि पढ्नुहोस
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा ९एमाले०का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।


