स्वास्थ्यसम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड–१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध रुपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आज वक्तव्यमार्फत सस्थाले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सकारसँग आग्रह गरेको छ ।

डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोपको लागि यथाशिघ्र उचित व्यवस्था मिलाउन, अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारको लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, खोप तथा आवश्यक औषधीको सहजताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहल गर्नुपर्छ भन्नुभयो ।

डिएलएले नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हकको कार्यान्वयन गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । यस्तै संक्रमित तथा संक्रमणको त्रासमा रहेका नागरिकको लागि मनोसामाजिक परामर्श तथा जनचेतनात्मक कार्यक्रमहरु ल्याउनुपर्ने, संक्रमण प्रभावित न्यून आय भएका, गरिब तथा असहाय, मजदुर, किसान, श्रमिकहरुको स्वास्थ्य तथा सामाजिक सुरक्षाको लागि बिशेष राहत कार्यक्रम ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणको अवधि अनिश्चित रुपमा रहने भएकोले यस अवधिमा नागरिकहरुले दैनिक जिवनमा ब्यहोर्नु परेको असहज परिस्थतीलाई सहज, सरल र सामान्य बनाउनको लागि दिर्घकालिन तथा अल्पकालिन योजनाका साथ तत्काल कानुन निर्माण गर्नुपर्ने सस्थाको सुझाव छ ।

डिएलएले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सीमित साधन र श्रोतका बाबजुद पनि उच्च मनोबलका साथ खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यायकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवकलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहनु भएका सबैप्रति सम्मान गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।