धनकुटाका ११४ सहित प्रदेश १ मा आज थपिए ८९७ जना संक्रमित

विराटनगर । धनकुटाका ११४ सहित प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

धनकुटाको महालक्ष्मी नगरपालिकामा ६४, शहिदभूमी गाउँपालिकामा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबास नगरपालिकमा ३ र छथर जोरपाटी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।

त्यस्तै मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुष सहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०–१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७–७, जहदा, धनपालथान र बेलबारीमा ५–५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २–२, झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४–४, गौरादह र झापा गाउँपालिकामा ३–३, गौरीगञ्जमा २, बा¥हदशी, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहवीमा ६–६, बर्जुमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, संखुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १–१, इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४–४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १६५ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

आज ३१२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज २ हजार १९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।