चार महिनापछि बल्ल एचडियू श्यया सञ्चालनमा

गोरखा, जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको उपचारार्थ ‘हाइ डिपेन्डेन्सी यूनिट’ (एचडियू) श्यया सञ्चालनमा आएको छ । चार महिना अघि नै सञ्चालनमा आइसक्नु पर्ने श्यया चर्को दबाब पछि बल्ल सञ्चालनमा ल्याइएको हो ।

सङ्क्रमित बिरामीको उपचारका लागि त्यस्ता श्ययाको अभाव हँुदै आएको छ । जडानका लागि ल्याइएको श्यया भने स्टोरमा थन्क्याइएर राखिएको थियो । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो “गण्डकी प्रदेश सरकारले अस्पताललाई चार महिना अघि नै सघन बिरामीको उपचारको लागि १ करोड १६ लाख रुपैयाँ बराबरको २८ एचडियू श्यया उपलब्ध गराएको थियो।”

भवनको अभावका कारण श्यया सञ्चालनमा ल्याउन नसकिएको र जिल्लाभित्र पनि सङ्क्रमणको दोस्रो लहरमा सङ्ंक्रमतिको संख्या अत्याधिक वृद्धि भएपछि अस्पतालले १३ श्यया सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

अस्पतालका भवनमा गोरखा भुकम्पले क्षति पु¥याएपछि नयाँ भवन बन्न ढिलाइ भएका कारण प्रदेश सरकारले श्यया उपलब्ध गराएको भएपनि समयमा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । “नयाँभवनबन्दै गरेको अबस्था छ, उहाँले भन्नुभयो, “अहिले अस्पतालको चमेना गृहका लागि तयार भएको भवनमा एचडियू वेड राखेर सञ्चालनगर्न शुरु गरिएको छ ।”

उहाँले श्यया जडानका लागि प्राबिधिक आउन ढिलाइ भएकाले पनि केही समय लागेको , श्यया अस्पतालमा निर्माण गरिएको अक्सिजन पनि जोडनु पर्ने भएपछि प्लान्ट सञ्चालन गरी एकै पटक जडान र श्ययामा अक्सिजन समेत जडान गरिएको उहाँको भनाई छ ।

बिहीबार राति प्राबिधिक आएपछि रातभर लगाएर जडान सकिएको र आजबिहानदेखि श्यया सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । अस्पतालले जडान बाँकी नै नरहेको पनि जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।