जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गर्नुभएको छ ।

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताउनुभएको छ ।

“नेपाली जनताको अथक सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवम् अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।