बन्दाबन्दीमा समस्यामा परेका १३ पत्रकारलाई राहत सहयोग

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँले बन्दाबन्दीमा समस्यामा परेका १३ पत्रकारलाई राहत सहयोग प्रदान गरेको छ । महासङ्घले कोरोनाको पछिल्लो महामारीमा समाचार सङ्कलनका लागि अग्रपङ्क्तिमा खटिएका पत्रकारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराएको हो ।

कोरोना सङ्क्रमित केही सञ्चारकर्मीलाई सम्बन्धित अस्पतालमा लगेर भर्ना गरेर आर्थिक सहयोग तथा अन्य केहीलाई करीब रु ६५ हजार बराबरको सामग्री सहयोग गरेको
छ ।

जिल्ला शाखा अध्यक्ष सूूर्य सुुवेदीको अध्यक्षतामा कोरोना उपचार कोष स्थापनाका लागि सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।

उक्त कोषमा वरिष्ठ पत्रकार देवेन्द्र गौतमले रु ५० हजार प्रदान गर्नुुभएको थियो भने शाखाका अन्य सदस्यले करीब रु एक लाख ५० हजार जम्मा गरी हाल रु दुुई लाख सङ्कलन भएको कार्यदल सदस्य कृष्णराज गौतमले जानकारी दिनुुभयो ।

शाखाका अध्यक्ष सुुवेदीले पछिल्लो समयमा महामारीको सङ्क्रमण उच्च भएकाले पत्रकारलाई सुुरक्षित र सतर्क भई समाचार सङ्कलन तथा सम्प्रेषणमा क्रियाशील हुन आग्रह गर्दै विपत्मा परेका सञ्चारकर्मीलाई आवश्यक सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।