राजसंस्था र हिन्दू राष्ट्रको माग

काठमाडौंँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गर्नुभएको छ ।

राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दू राष्ट्रको आवश्यकतामा जोड दिनुभएको हो । विधि, संविधान र लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गर्नुभएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्.

चौतारा, जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन् ।

सङ्घीय सरकारलाई खोप उपलब्ध गराउन अनुरोध गरेको बताउँदै नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भन्नुभयो, “यदि सरकारले उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइनेछ ।” अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको प्रमुख तामाङले बताउनुभयो ।

नगरपालिकाभित्र सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित दर्जन कर्मचारीहरु पीडित बनिसकेका छन् ।

त्यसैगरी हेलम्बु गाउँपालिकाले केन्द्रीय सरकारसँग खोपको माग गरेको र उपलब्ध गराउन नसके पालिकाले खरीद गर्न अनुमतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँ पनि कोरना सङ्क्रमणबाट पीडित भइसक्नुभएको छ भने पालिकाभित्र सङ्क्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।