निर्माधणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारणले प्रभावित

लमजुङ,अन्तिम चरणमा पुगेको लमजुङमा निर्माधणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारणले प्रभावित हुन पुगेको छ । यस आयोजनाले यही जेठभित्र निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य राखेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरले आयोजनाको विद्युत् गृहमा जडान गरिएका मेशिनको परीक्षण गर्न चिनीया इन्जिनीयर नेपाल आउन नपाएपछि आयोजना प्रभावित हुन पुगेको हो ।

विद्युत् गृहमा छ वटा मेशिन जडान गरिएको र ती मेशिनको परीक्षण गर्न सम्बन्धित कम्पनीकै इन्जिनीयर आउनुपर्ने भएपनि कोभिडका कारण नेपाल आउन नपाउँदा आयोजनाको काम प्रभावित भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी यही जेठभित्र सबै काम सम्पन्न गरी बिजुली निकाल्ने लक्ष्यका साथ अघि बढिरहेका थियौँ, तर कोरोना सङ्क्रमणका कारण हवाई मार्ग बन्द भएकाले सो कम्पनीका इन्जिनीयरहरु रोकिएकाले समस्या भइरहेको छ ।”

कोरोनाका कारण करीब एक डेढ महिना निर्माण अवधि लम्बिने आयोजना प्रमुख कार्यकारी अधिकृत अमात्यले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । हाल विद्युत् गृहमा लाइनको तार तान्ने र वेइरिङको काम भइरहेको छ । केही दिनमा टनेलको परीक्षण गर्ने तयारी यस आयोजनाले गरेको छ । यसअघि बाँधस्थल, पेटस्टकलगायतको सफल परीक्षण गरिसकेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।

आयोजनाबाट साढे नौ किलोमिटर टाढा रहेको प्रशारण लाइनमा तार जोड्न, २५ वटामध्ये दुई वटा टावर निर्माण गर्न बाँकी रहेको बताइएको छ । यतिबेला आयोजनामा ५० जना कामदारले स्वास्थ्य सावधानी अपनाउँदै काम गरिरहेका छन् ।

चीनबाट मेशिनका सम्बन्धित इन्जिनीयरहरु आठ÷नौ जना आएपछि मेशिनको परीक्षण गर्नुका साथै नेपाल विद्युत प्राधिकरणका टोली ल्याएर आयोजनाको सबै परीक्षण आगामी असारमा पूरा गर्ने बताइएको छ । यस आयोजनाले गत फागुनमै बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि कोभिडका कारण काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगेको थियो ।

गतवर्ष नै सकिनुपर्ने चीनबाट कामदार र सामान ल्याउन नसकेकाले आयोजना निर्माणको अवधि लम्बिएको प्रमुख अमात्यले बताउनुभयो । अहिले पनि आयोजनामा रहेको कामदारहरुले खुल्ला रुपमा काम गर्न नसक्दा निर्माण कार्य केही ढिलासुस्त भइरहेको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरिरहको छ ।

विसं २०७३ चैत महिनादेखि निर्माण कार्य थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । सम्झौतानुसार २०७३ चैत महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माण कार्यमा ढिलाइ भइरहेका बेला आयोजनाको लागत भने बढी नलाग्ने अनुमान रहेको छ ।

आयोजनाका अनुसार रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । त्यस्तै आयोजनाले प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।