चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री

पोखरा, पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन
कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “अहिलेको अवस्था निकै जटिल छ , मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हौ । ”

परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिनुभयो ।

ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।