सर्वोच्चबाट न्याय पाउने विपक्षी विश्वास काठमाडाैंजेठ १७, २०७८

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनमा रहेका पाँच राजनीतिक दलले केपी ओली नेतृत्व सरकारको असंवैधानिक र अराजनीतिक गतिविधिको संयुक्तरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको बैठकले सरकार निरन्तर संविधान मिचेर अघि बढेको ठहर गरेको हो।

अध्यादेशबाट बजेट ल्याउनु पनि संविधान उल्लंघन भएको निष्कर्ष निकालेका पाँच दलले त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउनुको साटो सरकार भ्रष्टाचारमा लिप्त भएको जनाउँदै उनीहरूले मुलुकमा दीर्घकालीन असर पर्ने किसिमका कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएका छन्। पाँच दलले सरकारका अलोकतान्त्रिक र असंवैधानिक काममा संलग्न नहुन राज्यका सबै अंग र निकायलाई आह्वान पनि गरेका छन्।

वैधता गुमाएको काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउनु संविधानविपरीत रहेको जनाउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध हामी अदालत पनि गएका छौं। सरकारले गरेको भ्रष्टाचार र असंवैधानिक कदमका विरुद्ध मिलेर नै राजनीतिक र कानुनी लडाइँ लड्ने सहमति भएको छ।’ कोरोना भाइरस संक्रमण बढिरहेका बेला सरकारका पछिल्ला गतिविधि विरुद्ध कसरी एकताबद्ध ढंगले अघि बढ्ने भन्नेबारे पनि बैठकमा छलफल भएको पौडेलले जानकारी दिए।

असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताउँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, ‘विगतको नजिरका आधारमा संसद् विघटन अवैध र असंवैधानिक भएकाले पुनस्र्थापना हुन्छ, सर्वोच्चले न्याय दिन्छ भन्नेमा विश्वस्त छौं।’ पाँच दलको बैठकपछि कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संविधानको उल्लंघनलाई निरन्तरता दिएको आरोप लगाएका छन्। नागरिक दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।