तेह्रथुममा महिलाको हत्या गर्ने अभियुक्त पक्राउ

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गर्ने अभियुक्तलाई प्रहरीले घटनाको केही घण्टामै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार साउन ६ गते बिहान करिब १०:४० बजे स्थानीय ५१ वर्षीया रूपा कन्दङ्वा पन्धाकमाथि सोही स्थानका ३८ वर्षीय कृष्ण लिम्बुले सामान्य विवादका क्रममा धारिलो हतियार (बाम्फोक) प्रहार गरेका थिए। गम्भीर घाइते भएकी पन्धाकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि अभियुक्त फरार भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। घटनाको प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा अभियुक्त पाँचथरको हिलिहाङ गाउँपालिका–५ स्थित आफ्ना ससुरा काशिनाथ सुहाङको घरमा लुकेर बसेको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आठराई, जिल्ला प्रहरी कार्यालय तेह्रथुम र जिल्ला प्रहरी कार्यालय पाँचथरबीच समन्वय गरी प्रहरी चौकी जोरपोखरीबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो। संयुक्त प्रहरी टोलीले साउन ६ गते राति ११:३० बजे कृष्ण लिम्बुलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक काजीबहादुर बस्नेतका अनुसार शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरी निरन्तर प्रतिबद्ध रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।