अंशुको शव १४ दिनदेखि अस्पतालमै: परिवार न्यायको प्रतीक्षामा
लेटाङ । १३ वर्षकी अंशु गौतमले पनि निर्मलाजस्तै अधुरो न्यायको कथा भोग्नुपर्ने हो ?, यो प्रश्न अहिले लेटाङ–२, स्कुलचोकमा हरेकको मनमा गुञ्जिरहेको छ।
अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा १४ दिनदेखि राखिएको छ, तर परिवार अझै न्यायको प्रतीक्षामा छ।
असोज २१ गते साँझ घरनजिकै पिङ खेल्न गएकी अंशु बेपत्ता भइन्। १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको क्षत*विक्षत श*व फेला पर्यो। शरीर र टाउको छुट्टिएको अवस्थामा भेटिएको श*व डीएनए परीक्षणपछि अंशुको नै भएको पुष्टि भएको हो।
प्रहरीले बला*त्कारपछि ह*त्या भएको शंका गरेको छ तर ठोस प्रमाण अभावमा अनुसन्धान जटिल बनेको छ। सीआईबी, प्रदेश र जिल्ला प्रहरीको टोलीले अनुसन्धान जारी राखेको मोरङ प्रहरी प्रमुख एसएसपी कवित कटवालले बताए।
अंशुको परिवारले न्याय नपाएसम्म अन्त्येष्टि नगर्ने अडान लिएका छन्। घोपाको चिसो कोठामा राखिएको अंशुको श*व न्यायको प्रतीक्षामा छ, र परिवारको पीडा दिनदिनै गहिरिँदै गएको छ।


