झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

झापा । झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कात्तिक १९ गते साँझ करिब ७:२५ बजे बिर्तामोड नगरपालिका–१ स्थित अञ्जलि अस्पताल नजिक कन्यामतर्फबाट पश्चिम जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ निवासी ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते मगरलाई तत्काल बी एन्ड सी अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा कात्तिक २१ गते दिउँसो ३:३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हाल उनको शव अस्पतालमै राखिएको छ।

दुर्घटनामा संलग्न चालक सुनसरी दुहबी नगरपालिका–६ का २० वर्षीय बसन्त माझीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।