झापामा सर्पले डसेर महिलाको मृत्यु
झापा । झापाको गौरादह नगरपालिकामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।
गौरादह नगरपालिका-६ तेडियाडाँगी बस्ने २५ वर्षीया चाँदनीदेवी शर्माको गोमन सर्पले डसेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शर्मालाई शुक्रबार राति करिब ८:३० बजेतिर घरभित्र रहेको खाद्य भण्डारमा सामान निकाल्ने क्रममा गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो । तत्कालै उपचारका लागि मोरङस्थित सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले राति ११:४५ बजे शर्मालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


