पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका

काठमाडौँ, नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ ।पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत जानकारी दिन शुरु गरेको हो । बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० भन्दा बढी बालबालिका सो प्रबिधिमा आवद्ध हुने गरेको समितिका संयोजक लोकनाथ खनालले राससलाई जानकारी दिनुभयो ।

जुमबाट गरिने यो कार्यक्रममा प्रत्येक दिन योग आसन गराइन्छ । योगआसनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क्रियाकलाप पनि तोकिएको छ । यस अनुसार आइतबार कविता, सोमबार योग आसन विशेष, मङ्गलबार वैदिक मन्त्र विशेष, बुधबार चित्रकला, शुक्रबार गीत र शनिबार नृत्य प्रस्तुत गरिन्छ । बिहीबार भने यसबाहेकका अन्य क्रियाकलाप गरिने तालिका बनाइएको छ ।
समितिका प्रशिक्षकले एक घण्टा प्रशिक्षण दिने यो कार्यक्रममा एक घण्टा भने बालबालिकाबीच आन्तरिक अन्तरक्रियासमेत हुने गरेको छ । यसबाट बालबालिकाले जनसम्पर्क गर्ने र निषेधाज्ञाका कारण घरबाट निस्कन नपाएपनि प्रविधिलाई उपयोग गर्दै दौँतरी उमेरकाहरुसँग कुराकानी गर्ने अवसर पाएका छन् । यसले बालबालिकालाई फुर्सदका बेलामा कुलतमा लाग्नबाट समेत जोगाएको छ ।
सो कार्यक्रम गतवर्ष असोजमा एक महिना चलाइएको थियो । दशैँका कारण रोकिएको कार्यक्रम बालबालिकाले नै खोजी गरेपछि गत मङ्सिर २१ गतेदेखि पुन ः बेलुकी पाँच बजेदेखि छ बजेसम्म कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

कार्यक्रममा सहभागी बालबालिकामा बिहान उठ्ने, पानी खाने, हिँडडुल गर्ने, योग अभ्यास गर्ने, बाआमासँग गर्ने व्यवहार परिवर्तन, बजारको तयारी खानेकुरा प्रयोगमा कमी, मोबाइल खेलाउने बानीमा कमी आएको लगायतका सकारात्मक परिवर्तन बालबालिकामा आएपछि अभिभावक पनि खुसी भएका छन् । बालबालिकाको रुचि र अभिभावकको पनि संस्कार सिकाउने चाहनाले कार्यक्रमलाई निरन्तरता दिइएको समिति संयोजक खनालले जानकारी दिनुभयो । कार्यक्रमलाई नयाँ स्वरुपमा निरन्तरता दिन चित्रकला प्रतियोगितालगायत विषयमा भर्चुअल माध्यमबाट नै प्रतियोगिता गरेर पुरस्कृत गरिने तयारीसमेत गरिएको जनाइएको छ । जुमबाट चार वर्षदेखि १४ वर्षसम्मका बालबालिका कार्यक्रममा जोडिने गरेका छन् ।––

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।