एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर

झापा, नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उहाँले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताउनुभयो । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएकोे छ ।

मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने

दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ । नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो ।

नगरस्तरीय कोभिड सङ्क्रमण नियन्त्रण कार्यदलले आइतबार र बुधबार मध्याह्न १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोही समयमा एन्टिजेन परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ । दुवै परीक्षणका लागि स्वाब सङ्कलन स्थल भने मेचीनगर–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।