भैँसीमा भ्यागुते रो,गको प्र,कोप

राँझा, बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो ।

रोग पत्ता लागेपछि राप्तीसोनारी–६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामी भैँसी तथा अन्य पशुका लागि स्थानीय तहमा रहेको पशुसेवा शाखाले औषधि खरिद गरी उपचार शुरु गरिसकेको छ ।

बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो । औषधि उपचारपछि भैँसीहरू निको हुने सङ्केत देखिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।