कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग

डोल्पा, डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो ।

जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’कालागि रु दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाकालागि रु एक लाखसहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिनुभयो ।

जिल्लाका युवा अभियानकर्मीहरुले शुरु गरेको आर्थिक सङ्कलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ।

विपन्न सङ्क्रमित नागरिकका लागि अक्सिजन सिलिण्डर,औषधि, मास्कलगायतका महत्वपूर्ण सामग्री खरिदकालागिसहयोग गरेको भन्दै उहाँप्रति युवा अभियानकर्मीहरुले आभार व्यक्त गरेका छन्।

दुई सामाजिक संस्थाले शुरु गरेको आर्थिक सङ्कलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल,स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।