एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौँ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृ,त्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृ,त्यु र अन्य दुईजना घा,इते भएको जानकारी दिनुभयो ।
मृ,त्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् ।
घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।


